आजको मौसम : पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आजको मौसम : पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । हाल देशमा स्थानीय वायुको र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

मंगलबार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस