आजको मौसम : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आजको मौसम : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस