कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (आइतबार) बस्दैछ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन ।

बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस