२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालापत्थरमा नृत्य गर्दै सुरेन्द्र र सुसनद्वारा गिनिज बुकमा दावेदारी

अ+ अ-

काठमाडौँ । कोरियोग्राफरद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा हालैमात्र सर्वाधिक उचाइमा कोरियोग्राफी (नृत्य) गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि उनीहरूले गत आइतबार ५ हजार ४ सय ३८ मिटरको उचाइमा जोडी नृत्य गरेका हुन् ।

उनीहरूले गायक दीपक बज्राचार्यको चर्चित गीत ‘मन मगन’मा दुई मिनेट ३० सेकेन्ड नृत्य गरेका थिए । उनीहरूको टोलीमा फोटोग्राफर सौगात कार्की र भिडियोग्राफी उमेश सापकोटा तथा सोनम केसी थिए ।

आठ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वल्र्ड रेकर्डर बनेका सानु शेर्पा विशेष अतिथिका रूपमा सुरेन्द्र र सुसनको नृत्यको साक्षी बनेका थिए । खराब मौसमको बाबजुद पनि २०/२५ जना दर्शकको उपस्थितिमा उनीहरूले आधिकारिक गिनिज वल्र्ड रेकर्डको लागि नृत्य गरेका थिए ।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन् । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरूले कार्यक्रम गरेका थिए ।

सुरेन्द्र र सुसनका अनुसार कार्यक्रमको छायाङ्कनका प्रमाण र अन्य प्रमाणहरू गिनिजको लण्डन मुख्यालयमा पठाइनेछ । त्यो प्रमाण स्वीकृत भएपछि गिनिज हेडक्वार्टरले रेकर्डको आधिकारिक घोषणा गर्नेछ ।