नेकपा एसको निर्णय : तीन मन्त्रालय नपाए सरकारमा नजाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेकपा एसको निर्णय : तीन मन्त्रालय नपाए सरकारमा नजाने


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ ।

बुधबार (आज) पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका प्रबक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले भनेझैँ तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुङ्गो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्ने गरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौँ । नामहरू सबै छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौँ । अनुमान गरेको नाम नै धेरै मिल्न सक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस