राहुल गान्धीको सांसद पद खारेजपछि काँग्रेसद्वारा लोकसभामा विरोध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राहुल गान्धीको सांसद पद खारेजपछि काँग्रेसद्वारा लोकसभामा विरोध


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा काँग्रेसले लोकसभामा विरोध गरेको छ ।

सोमबारको लोकसभाको बैठक सुरु हुनासाथ काँग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए । त्यस क्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ फालेको देखिन्छ ।

सोमबारको बैठकमा काँग्रेसका सांसदहरु कालो कपडा लगाएर गएका थिए । काँग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रङ्गको कपडामा देखिएकी छन् । काँग्रेस सांसदहरूको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै राहुल गान्धी विरुद्ध अदालतले दुई वर्ष जेल सजाएँ तोकेको थियो । उनी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस