मन्त्री बनेपछि सोह्र श्राद्धको बाहुन जस्तो भएँ : मन्त्री किराँती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्री बनेपछि सोह्र श्राद्धको बाहुन जस्तो भएँ : मन्त्री किराँती


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुन जस्तो भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री बनेपछि ठुलाठुला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने सोचे पनि कामको चाप बढी हुने गरेको अनुभव सुनाए । मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोह्र श्राद्धको बाहुन जस्तो भएको बताउँदै उनले माफीसमेत मागे ।

उनले भने, ‘म सांसद हुँदा सानो सानो काममा हिँड्थेँ । मान्छेहरूको बसको टिकटको समस्या हुँदा पनि पुग्थेँ । लाग्थ्यो कि मन्त्री भएँ भने फुर्सद हुन्छ होला ।ठुलोठुलो काममात्रै गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ,’ उनले थपे, ‘तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्र श्राद्धको बाहुन जस्तो भएँ ।हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस