सभामुखको अधिकार कटौती गर्ने कुरा गलत हो : खिमलाल देवकोटा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुखको अधिकार कटौती गर्ने कुरा गलत हो : खिमलाल देवकोटा


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्ने कुरा गलत भएको बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस चलिरहेको बताएका हुन् ।

‘प्रतिनिधिसभामा प्रतिनिधिसभा नियमावलीको छलफल भइरहेको छ । त्यहाँ अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस भइरहेको छ । त्यो गलत हो । त्यस्तो परम्परा यहाँ पनि प्रवेश होला जस्तो मलाई लाग्छ । त्यो नगरियोस्,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस