सङ्घीयता र गणतन्त्रसहितको संविधान ठूलो रगत बगाएर प्राप्त गरेको हो : पाण्डे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सङ्घीयता र गणतन्त्रसहितको संविधान ठूलो रगत बगाएर प्राप्त गरेको हो : पाण्डे


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संक्रमणकालीन न्यायलाई थप नलम्ब्याउन आग्रह गरेका छन् ।

आइतबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अब यसलाई बाधा पार्ने कुरा कतैबाट आउन हुँदैन । समाधान गरेर जाने हो । सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता र गणतन्त्रसहितको संविधान ठूलो रगत बगाएर प्राप्त गरेको उपलब्धी हो । यो उपलब्धीको रक्ष गर्नु हाम्रो कर्तव्य हो।’

१० वर्षे सशस्त्र युद्धसमेतको बलमा नेपालले धेरै उपलब्धिहरू प्राप्त गरेको र त्यसको रक्षा गर्नु आफूहरूको दायीत्य भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस