‘चितवनको निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व सरकारले लिनुपर्छ’ « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

‘चितवनको निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व सरकारले लिनुपर्छ’


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व सरकार आफै वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गरे।

उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश हालैको आइसिसी विश्वकप लिगले पनि देखाएको छ। यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रूपमा रहन सक्ने सो रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफै वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछु।’

Tags :
प्रतिक्रिया दिनुहोस