उपराष्ट्रपति पदको कुनै काम छैन : रघुजी पन्त « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

उपराष्ट्रपति पदको कुनै काम छैन : रघुजी पन्त


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले उपराष्ट्रपति पदको कुनै कामै नभएको तर्क गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले उपराष्ट्रपतिको काम नै नभएको बताउँदै काम नभएको संस्था खडा गर्नु लोकतन्त्रको लागि हितकारी नहुने बताए।

उनले भने, ‘हामी कहाँ उपराष्ट्रपतिको काम नै छैन। हामी उपराष्ट्रपति निर्वाचित गर्छौँ। प्रथम उपराष्ट्रपतिको सल्लाहकार हुँदाको बडो तीतो अनुभव छ। काम नभएको संस्था खडा गर्नु लोकतन्त्रको लागि हितकारी हुँदैन । राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन। राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन। कानुनमा यो राखिए पनि यो संशोधन गर्न जरुरी छ। राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राख्यौँ भने यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ। राष्ट्रपतिले नियमित सरसल्लाह गर्ने, चल्ने संस्था भनेको प्रधानमन्त्री र क्याबिनेट नै हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस