जनमतले तोक्यो मधेशका ६ जिल्लामा इन्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनमतले तोक्यो मधेशका ६ जिल्लामा इन्चार्ज


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । मधेशका ६ जिल्लामा जनमत पार्टीले इन्चार्ज तोकेको छ ।

जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताएका छन् ।

शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।

पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् । त्यस्तै सर्लाहीमा श्रीचन राय यादव, रौतहटमा बृजकिशोर यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिएका छन् ।

हेर्नुस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस