केपी ओलीले भने : विदेशबाट फर्किएका युवालाई परिचालन गर्दा मुलुकको आर्थिक अवस्थामा सुधार आउँछ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केपी ओलीले भने : विदेशबाट फर्किएका युवालाई परिचालन गर्दा मुलुकको आर्थिक अवस्थामा सुधार आउँछ


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् ।

शनिबार काठमाडौँमा रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले बिदेसिन बाध्य भएका युवाहरूलाई नेपाल फर्किएपछि सहज रूपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताए ।

स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरूलाई स्वदेशमा नै परिपक्व ढङ्गले सदुपयोग गर्नुपर्ने उनले बताए । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाउँमा एकताबद्ध भएर सामूहिक ढङ्गले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेसनलाई सुझाव दिए ।

दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरूको सङ्गठन रिटर्नी फेडेरेसन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस