प्रधानमन्त्री प्रचण्डलाई पद गुमाउँछु कि भन्ने डर छ : महामन्त्री थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्डलाई पद गुमाउँछु कि भन्ने डर छ : महामन्त्री थापा


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पद गुम्ला कि भन्ने डर भएको बताएका छन् ।

शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मानिसलाई बढी पाउने इच्छा हुने भन्दै प्रधानमन्त्रीलाई पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन् ।

उनले भने,‘पूर्वप्रधानमन्त्रीहरूलाई फेरी प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै छ । अहिले म यसो नेताहरू हेर्छु, पटक पटक प्रधानमन्त्री भइसकेका नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला, पटक पटक चुनाव जितेकालाई अर्को पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भइरहेका प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर हटाइ देलान् कि भन्ने डर छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस