प्रचण्डलाई माधव नेपालको प्रश्न : पुरानो नेकपालाई रिभाइभ गर्ने हिम्मत छ ? « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रचण्डलाई माधव नेपालको प्रश्न : पुरानो नेकपालाई रिभाइभ गर्ने हिम्मत छ ?


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई पुरानो नेकपा ब्युँताउन प्रस्ताव गरेका छन्।

शुक्रबार नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आज बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई नेकपा ब्युँताउन प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौँ । एउटै ठाउँमा आउनुस् हिम्मत छ ? हाम्रो उपस्थितिले मात्र ठुलो परिवर्तन ल्याइदिन्छ। बुझ्दैनन् भने के गर्न सकिन्छ ? हाम्रो हैसियतलाई अवमूल्यन गर्ने काम नहोस्। हाम्रो खुबी क्षमता कसैले पनि अन्डर माइन्ड नगर्नु, हामी स्क्छौं गर्न। हाम्रो शक्ति १० वटा भए पनि निर्णायक हुनसक्छ ।’

अध्यक्ष नेपालले अहिलेको १० दलीय गठबन्धनलाई मिलाएर लैजानुपर्ने बताए।

उनले भने, ‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ ? यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। काँग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो। राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे। राम्रो हुन्थ्यो ? राष्ट्रपति पाउनु ठुलो थिएन। धोका दिने गरी अघि बढ्न चाहिएन। काँग्रेसलाई राष्ट्रपति बन्नुस् भनेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस