नेहा चौधरीका श्रीमान् पंकजलाई ३ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेहा चौधरीका श्रीमान् पंकजलाई ३ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उच्च अदालत जनकपुरले डा. पंकज चौधरीलाई ३ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो ।

श्रीमती नेहा चौधरीले पंकज, उनका बुबा, आमा, बहिनीसहित पाँचजनाविरुद्ध दाइजो र घरेलु हिंसालगायतका मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा पक्राउ परेका पंकज पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए ।

पंकजका बुबा रामप्रवेश चौधरी पुर्पक्षका लागि गत फागुन ३० देखि जलेश्वर कारागारमा छन् ।

तीन वर्षको प्रेम सम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो ।

नेहाका परिवारले दाइजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस