गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारबाट बाहिरिन नेताहरूलाई यसअघि नै निर्देशन दिइसकेका छन् । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस