प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन (सूचीसहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन (सूचीसहित)


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ ।

आज बिहीबारदेखि वैशाख ८ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सकिनेछ ।

१८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सकिनेछ ।

लिखित परीक्षा सामान्य तर्फको २० जेठ २०८० मा हुनेछ । सामान्य विषयको नतिजा सार्वजनिक भएपछि विषयगत परीक्षाको मिति तोकिने आयोगले जनाएको छ ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण(कक्षा १२) वा सो सरहको परीक्षा (कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ ।

त्यस्तै, प्राथमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ । यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा हुनेछ । लिखित परीक्षा एकै दिन एकै समयमा हुने हुँदा कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम भर्न सकिनेछ । यदि सो नगरेको कारणले दरखास्त फाराम अस्वीकृत हुन गएमा उम्मेदवार स्वयम् जबाफदेही र जिम्मेवार हुनुपर्ने आयोगले जनाएको छ ।

सबैभन्दा कोशी प्रदेश अन्तर्गतका जिल्लाका १ हजार ३५५ सिटमा विज्ञापन आह्वान गरिएको छ । आयोगले मधेश प्रदेशमा १ हजार ११७, बागमती प्रदेशमा १ हजार २४१, गण्डकी प्रदेशमा ८६१, लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२ र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका लागि ४२९ सिटका लागि विज्ञापन आह्वान गरेको हो ।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस