कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

शाही २०७६–०७८ मा कर्णाली प्रदेश योजना आयोग सदस्य रहेका थिए ।

नेकपा एमाले परित्याग गरेका शाहीलाई नेकपा (माओवादी केन्द्र)ले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा दैलेख क्षेत्र नं.-२ (ख) बाट प्रदेश सभाको टिकट दिएको थियो । निर्वाचनमा झिनो मतले पराजित भएका शाहीलाई प्रदेश सरकारले प्रदेश योजना आयोजकको जिम्मेवारी दिएको हो ।

प्रदेश नीति तथा योजना आयोग ६ सदस्यीय हुन्छ, जसमा अध्यक्ष मुख्यमन्त्री र पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस