नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिह्न « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिह्न


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले दर्ज्यानी चिह्न लगाएका छन्।

प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताज सिंहले बढुवा भएर एआईजी बनेकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बुधबार दर्ज्यानी चिह्न लगाइ दिएका हुन्।

मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले उनीहरूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थिए ।

प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार हालका प्रहरी महानिरीक्षक (आइजिपी) सिंहको कार्यकाल यही ११ गते सकिँदै छ। त्यसअघि नयाँ आइजिपीको टुंगो लाग्नेछ। बढुवा हुँदा वसन्तबहादुर कुँवर पहिलो नम्बरमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस