भीम रावलको प्रश्न : जनताको मुख थुन्ने कु-बुद्धि कसले सिकायो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भीम रावलको प्रश्न : जनताको मुख थुन्ने कु-बुद्धि कसले सिकायो ?


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन् ।

मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममा सहभागी युवाले बैंकको ब्याज घटाउनु पर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले युवाहरूको मुख थुनेर पक्राउ गरेको घटनामा अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । नेता रावलले पनि सोही घटनालाई लिएर आपत्ति जनाएका हुन् ।

नेता रावलले भनेका छन्, ‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पुँजीपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाइँ गर्न खुला छोड्ने १ यस्तो कुबुद्धि कसले सिकायो ?’

Tags :
प्रतिक्रिया दिनुहोस