तोलामा २ हजारले घट्यो सुनको मूल्य « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तोलामा २ हजारले घट्यो सुनको मूल्य


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।

आज तोलामा २ हजार रुपैयाँले घटेर तोलामा १ लाख ७ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस