बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै


८ चैत्र २०७९, बुधबार


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।

मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिने भएपछि चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णीत अवस्थामा रहेको छ । केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको गठबन्धन भत्किए पछिको परिस्थितिले एमालेलाई माओवादी केन्द्रका मुख्यमन्त्री जम्मरकट्टेललाई मत दिने कि नदिने भन्ने अन्योल बढाएको हो ।

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सरकारले दोस्रो पटक विश्वासको मत लिन लागेको यो पहिलो पटक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस