अब कुनै पनि कमी कमजोरी काँग्रेसबाट हुनु हुँदैन : शेखर कोइराला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अब कुनै पनि कमी कमजोरी काँग्रेसबाट हुनु हुँदैन : शेखर कोइराला


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन्।

मङ्गलवार काठमाडौँ आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता कोइरालाले काँग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी काँग्रेसबाट हुनु नहुने बताए। उनले अहिलेको परिस्थितिलाई काँग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा काँग्रेसकै काँधमा रहेको उल्लेख गरे।

उनले भने, ‘नेपाली काँग्रेस केही दिनभित्र नै सरकारमा जाँदै छ। अब हामीलाई गल्ती गर्ने छुट छैन। कुनै किसिमको कमी कमजोरी नेपाली काँग्रेसबाट अब हुनु हुँदैन।’

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली काँग्रेस नचुकेको बताए। उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने बताए। उनले लोकतन्त्रबिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रूपमा लिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस