तीनै तहको सरकारबीच बृहत्तर समन्वय बैठक राख्छु : प्रधानमन्त्री « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

तीनै तहको सरकारबीच बृहत्तर समन्वय बैठक राख्छु : प्रधानमन्त्री


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासलाई गति दिन बृहत्तर समन्वय बैठक राख्ने बताएका छन्।

मङ्गलवार गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थ हिटी–कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिने बताएका हुन् ।

उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्दै छु । विकासलाई गति दिन गम्भीर छलफल हुन्छ। विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ।’

उनले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने बताए। उनले जनतालाई सेवा दिएर विश्वास जित्ने सङ्कल्प आफूले लिएको उनको भनाइ थियो।

उनले गोरखा २ बाट गत मंसिर ४ को चुनावमा आफूलाई जिताएकोमा धन्यवादसमेत दिए ,

प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँ गोरखाली दिदीबहिनी तथा दाजुभाइहरू जसले मत दिएर मलाई निर्वाचित गर्नुभयो। सं‌योग म प्रधानमन्त्री बन्ने अवसर पनि जुट्यो। हिजो आएर आफ्नो पुरानो समीकरणसहित केही दल थपिएर मैले फेरि विश्वासको मत प्राप्त गरेको छु। मेरो जिम्मेवारी देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ अभियानतिर लैजाने र जनताको विश्वास जित्ने सङ्कल्प लिएका छौँ ,’

Tags :
प्रतिक्रिया दिनुहोस