काँग्रेसले अब जनतालाई नयाँ आभाष दिलाउन सक्नु पर्छ : पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले अब जनतालाई नयाँ आभाष दिलाउन सक्नु पर्छ : पौडेल


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । काँग्रेसका नेता प्रदीप पौडेलले सरकारमा जान लागेको काँग्रेसले विगतका गल्ती नदोहोर्‍याइ काम गर्न सक्नुपर्ने बताएका छन् ।

उनले स्थानीय, प्रदेश र केन्द्र सरकारमा हुने काँग्रेसले जनतालाई नयाँ आभाष दिलाउन सक्नुपर्ने बताए ।

मङ्गलवार नेपाल ट्रेड युनियन काँग्रेस चितवनले गरेको गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति सभामा बोल्दै नेता पौडेलले अहिलेको गठबन्धन सरकारमा काँग्रेसको उपस्थिति नयाँ ढङ्गको हुनुपर्ने बताएका हुन ।

‘गठबन्धनको सरकारमा काँग्रेसको उपस्थिति अन्य दलभन्दा भिन्न हुनु आवश्यक छ । विगतभन्दा सुधारिएको हुनु आवश्यक छ । काँग्रेस अब पाँचै वर्ष सरकारमा हुनसक्छ, तर सरकारमा भइरहने कुराले महत्त्व राख्दैन । पाँच वर्षपछि फेरि निर्वाचन हुन्छ । त्यो निर्वाचनमा जनताको मत जित्ने गरी काम गर्न सक्नुपर्छ । काँग्रेसले विगतका गल्ती सच्याएर अघि बढ्नु आवश्यक छ,’ उनले भने ।

उनले अहिले गठबन्धन गरेर चुनाव लडेको र गठबन्धनकै बलमा सरकारमा पुगेको स्मरण गराउँदै पाँच वर्षपछि काँग्रेसले एक्लै निर्वाचनमा जानुपर्ने परिस्थितिको लागि अहिलेदेखि नै तयार रहनुपर्ने बताए । उनले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्दा स्थानीय माटोले चिनेको, माया र विश्वास पाएको नेतृत्वलाई अघि सार्नुपर्ने बताए ।

उनले भने,‘गठबन्धनको संस्कृति सरकार बनाउने सन्दर्भमा स्वाभाविक हुन सक्छ । तर, निर्वाचनको सन्दर्भमा स्वाभाविक होइन । हामी उपनिर्वाचनमा जाँदै छौँ । यहाँ उम्मेदवार उठाउँदा हामीले वैचारिक क्षमता भएको, यहाँको जमिनलाई चिनेको, जमिनले माया र विश्वास गर्ने, चुनाव कसले जित्छ भन्ने कुरालाई आधार बनाएर उम्मेदवार उठाउनु उपयुक्त हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस