केही दिनमा प्रदेश सरकार पुनर्गठन हुन्छ : प्रधानमन्त्री « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

केही दिनमा प्रदेश सरकार पुनर्गठन हुन्छ : प्रधानमन्त्री


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागबन्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने दाबी गरेका छन्।

मङ्गलवार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुनर्गठन हुने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रदेश सरकारहरू गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने। त्यसबाट पनि जनताका विकास निर्माण र समृद्धिका आकाङ्क्षा सम्बोधन गर्ने एकीकृत रूपमा अगाडि बढाउँछौँ।’

उनले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी गराए।

‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ। आज बिहानबाटै नेपाली काँग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस