मैले ओलीजी लाई २ पटक प्रधानमन्त्री बनाएँ, उहाँले ऋण तिर्नुभो, अझै एउटा बाँकी छ : प्रचण्ड « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मैले ओलीजी लाई २ पटक प्रधानमन्त्री बनाएँ, उहाँले ऋण तिर्नुभो, अझै एउटा बाँकी छ : प्रचण्ड


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दालाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनाइदिनुस् भनेर आफू बालकोट नगएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले एमाले आफूलाई खोज्दै आएको बताएका हुन् ।

‘म खोज्दै गएको होइन, मलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर। मैले त यही गठबन्धन बढी नेचुरल छ भनेर म यतै जोड गर्दै थिएँ। तर तपाईँहरू (एमाले(ले बल गरेर बोलाउनु भयो। एमाले अध्यक्ष ओलीले कस–कसलाई के–के भन्नुभयो, काँग्रेसलाई के भन्नुभयो अहिले नभनौँ’, उनले भने ।

‘मैले तपाईँलाई (ओलीलाई) दुई पटक प्रधानमन्त्री बनाएको थिएँ। तपाईँले ऋण तिर्नुभयो अझै एउटा बाँकी छ,’ प्रचण्डले अगाडि भने ।

Tags :
प्रतिक्रिया दिनुहोस