…त्यसपछि काँग्रेससँग मेरो लभ परिहाल्यो : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

…त्यसपछि काँग्रेससँग मेरो लभ परिहाल्यो : प्रधानमन्त्री प्रचण्ड


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले सहमति विपरीत बोलेका कारण विश्वासको वातावरण बिग्रँदै गएको बताएका छन् । उनले संसद्मा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘म अलिअलि सोझो सोझो छु क्या । मैले संसद् विघटन गरेको ठिक छ भनेर केपीजीले भनेपछि म त्यही दिन अब भङ्ग हुने भयो भन्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि काँग्रेससँग मेरो लभ परिहाल्यो, प्रधानमन्त्री भन्दा पनि एजेन्डाको लागि ।’

काँग्रेसले पनि गल्ती गरिएछ भन्ने सोचेकाले आफू काँग्रेसतिर लागेको उनले बताए ।

‘अस्तिको गठबन्धन एजेन्डाको कारणले टिक्दैन भन्ने थियो । यो एजेन्डाले नै टिक्छ । हुन त ओलीले वैशाखमा हामी बाहिरसँगै हुन्छौँ भन्नुभएको छ तर त्यस्तो हुने छैन,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस