एमाले संसदीय दलको बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले संसदीय दलको बैठक सुरु


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवनको ल्होत्से हलमा जारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।

गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्‍बाट विश्वासको मत लिन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस