‘टिआरसी विधेयकको प्रावधानले नियन्त्रित न्यायपालिकाको अभ्यास गर्न खोज्यो’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘टिआरसी विधेयकको प्रावधानले नियन्त्रित न्यायपालिकाको अभ्यास गर्न खोज्यो’


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले सरकारले संसदमा पेस गरेको टिआरसी विधेयकले निर्देशित न्यायपालिकाको अभ्यास गर्ने भन्दै आपत्ति जनाएका छन् ।

सरकारले आइतबार प्रतिनिधि सभामा पेस गरेको सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकले गरेको पुनरावेदन सम्बन्धी व्यवस्था स्वतन्त्र न्यायपालिकाको आधारभूत मान्यताको विपरीत रहेको भट्टराईको दाबी छ ।

वरिष्ठ अधिवक्ता भट्टराईले भने, ‘विशेष कानुन बनाएर विशेष इजलास गठन गर्न मिल्दैन । यसले निर्देशित न्यायपालिकाको अभ्यास गर्न खोजेको छ । संविधानले स्वतन्त्र न्यायपालिकाको कल्पना गरेको छ निर्देशित होइन ।’

Tags :
प्रतिक्रिया दिनुहोस