मुद्दाको शीघ्र सुनुवाइ र आदेशबारे सर्वोच्चले गर्‍यो यस्तो निर्णय  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुद्दाको शीघ्र सुनुवाइ र आदेशबारे सर्वोच्चले गर्‍यो यस्तो निर्णय 


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश छलफलमा पेस भएका निवेदन र अन्तरिम आदेश खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइको लागि आवश्यक निर्णय गरेको छ । 

सर्वोच्चको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले यसबारे आवश्यक निर्णय गरेको प्रवक्ता विमल पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनका अनुसार अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश छलफलका लागि पेसी चढेका र एक पक्षीय सुनुवाइबाट अन्तरिम आदेश जारी भई सो खारेज गर्न निवेदन परी विचाराधीन रहेका निवेदनको सुनुवाइ र अभियान मुद्दा बाहेक अन्य समूहका मुद्दामा टप अप गर्ने गरी पेसी व्यवस्थापन गर्ने निर्णय भएको छ । 

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११०ख बमोजिम गठित पेसी व्यवस्थापन निर्देशन समितिको चैत ३ गते बसेको बैठकले सो निर्णय गरेको पौडेलको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस