संसदमा सांसद विराजभक्त श्रेष्ठको टिप्पणी-दाँत झिकेको बाघजस्तो भयौँ  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

संसदमा सांसद विराजभक्त श्रेष्ठको टिप्पणी-दाँत झिकेको बाघजस्तो भयौँ 


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले संसदीय समिति नबन्दा गम्भीर प्रकृतिका विधेयकहरूमाथि दफावार छलफल हुन नपाएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले ‘जनताले बाघ बनाएर संसदमा पठाए पनि विधेयकहरूमाथि दफाबार छलफल गर्न नपाउँदा आफूहरू दाँत झिकेको बाघजस्तो’ भएको टिप्पणी गरे ।

“गम्भीर प्रकृतिका विधेयकहरू आएका छन् । तर, ती विधेयकहरू समितिमा पठाएका सांसदहरूले दफाबार छलफल गर्न नपाउँदा दाँत निकाल्दिएको जस्तो भएको छ,” उनले भने ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि समितिमा छलफल नभएको भन्दै उनले गुनासो गरे ।

उनले संसद् र संसदीय अभ्यासलाई ‘डिजिटलाइज’ बनाउनुपर्ने बताए । संसद्को शून्य र विशेष समयसम्बन्धी जानकारी बैठक अगावै एसएमएस वा वेबसाइटमार्फत जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।

उनले सांसदहरूले उठाएका विषयको जवाफ पनि चाँडै दिन सरकारसित आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस