शेखर कोइराला मन्त्री नबन्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शेखर कोइराला मन्त्री नबन्ने


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला मन्त्रिपरिषदमा सहभागी नहुने उनी निकट नेताले दाबी गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सरकारमा सहभागी हुने काँग्रेसले औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को विस्तारसँगै पार्टीबाट नेतृत्व गर्ने र मन्त्री हुनेहरूको चर्चा सुरु भइसकेको छ ।

पार्टीबाट नेतृत्व गरेर जानेहरूको नाममा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू विमलेन्द्र निधि र प्रकाशमान सिंहको नाम चर्चामा छ ।

संस्थापन इतरका नेता डा. शेखर कोइरालाको समेत नाम जोडेर समेत उनी सरकारमा जाने विषय काँग्रेसमा कतिपयले उठाउँदै आएका थिए । कोइराला मन्त्रिपरिषदमा सहभागी हुने चर्चामा सत्यता नरहेको उनी निकट नेता डा. गोविन्द पोखरेलले बताए । उपप्रधान सहित पार्टीबाट नेतृत्व गर्ने अवसर आए पनि कोइराला मन्त्रिपरिषदमा नजाने पोखरेलले दाबी गरे ।

पार्टी सङ्गठनलाई चलायमान बनाउने र पार्टी कार्यकर्तालाई भेट्न देशभर भ्रमण गर्ने कामला२ कोइरालाले प्राथमिकतामा राखेको पोखरेलले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस