रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए।

महासचिव पोखरेलले भने, ‘अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्यवृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ। सरकारले किसानमारा यस प्रकारको नीतिहरू र निर्णयहरू अविलम्ब फिर्ता लिनु पर्दछ। र नेपाली किसानहरूको संरक्षणको लागि नेपालको कृषि क्षेत्रलाई प्रोत्साहित गर्नका लागि स्वाभाविक रूपमा सरकारले अनुदानमा वृद्धि गर्नु पर्दछ। र, नेपालभित्रै अविलम्ब रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया पनि अगाडि बढाउनु पर्दछ। र वनक्षेत्र प्रशस्त भएकाले प्राङगारिक मल मल उत्पादन गर्न सक्छौँ। त्यो चिजलाई सरकारको तर्फबाट विशेष ढङ्गले प्रोत्साहन गर्ने र किसानहरूले उत्पादन गरेका सो मलको बजारीकरणका लागि आवश्यक व्यवस्था मिलाउनु पर्दछ।’

Tags :
प्रतिक्रिया दिनुहोस