संसदमा फेरियो आसन, सत्तापक्षतिर सरे काँग्रेस सहितका दल « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

संसदमा फेरियो आसन, सत्तापक्षतिर सरे काँग्रेस सहितका दल


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षको लहरबाट आजदेखि सत्तापक्षको लहरमा बस्न थालेको छ। प्रतिनिधि सभामा काँग्रेसका ८९ सांसद छन्।

गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएसँगै काँग्रेस प्रतिपक्षमा पुगेको थियो।

प्रतिपक्षमा बस्दै काँग्रेसले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको थियो। तर राष्ट्रपति निर्वाचनदेखि नयाँ गठबन्धन बनेको छ।

नेकपा एमाले, राप्रपालगायत दलले सरकार छाडेका छन्। नेकपा एमाले आजदेखि प्रमुख प्रतिपक्षी लहरमा बसेको छ भने राप्रपा पनि प्रतिपक्षी लहरमा बसेको छ।

काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत दल सत्तापक्ष लहरमा बसेका छन्। 

काँग्रेस र एमालेबीच प्रमुख प्रतिपक्षी लहरमा को बस्ने भन्ने विवादले प्रतिनिधि सभा बैठक नै स्थगित भएको थियो। फागुन १७ गतेदेखि विवाद हुँदा चैत ५ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक नै स्थगित गरिएको थियो।

यसबीचमा फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति निर्वाचनसमेत भएको थियो।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। १० दलीय गठबन्धन र रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने तयारी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस