पाटे बाघ मृतावस्थामा फेला « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

पाटे बाघ मृतावस्थामा फेला


५ चैत्र २०७९, आइतबार


चितवन । जिल्लाको कालिका नगरपालिका-७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटे बाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो ।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ । शनिवारै शव परीक्षण गरेर बाघको नमुना परीक्षण सुरु गरिएको छ ।

बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अङ्ग भेटिएको उनले जानकारी दिए । यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो । गत वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन ।

जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस