१४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज हुँदै


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । त्रिविअन्तर्गतका क्याम्पसमा आज निर्वाचन हुन् लागेको हो ।

६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ ।

स्ववियु निर्वाचन विगत १४ वर्षदेखि हुन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस