दण्डहीनता र अराजकताले देश समस्यामा परेको छ : नेता केसी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

दण्डहीनता र अराजकताले देश समस्यामा परेको छ : नेता केसी


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधानमा रहेका केही अस्पष्ट व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता केसीले जहाँ–जहाँ कमी कमजोरी देखिन्छन् त्यसलाई सुधार गर्दै जानुपर्ने बताएका हुन् ।

भर्खरै भएको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट बाहिर आएका गुनासो बारेको प्रसङ्ग कोट्याउँदै केसीले समानुपातिक प्रतिनिधित्वको सवालमा गम्भीरतापूर्वक सोच्नु पर्ने आवश्यकता रहेको पनि उनले औँल्याएका छन् ।

सर्वसाधारणका गुनासा जसरी आउने गर्छन् त्यसैका आधारमा संविधानमा भएका गल्ती कमजोरीलाई सच्चाउँदै र परिवर्तन गर्दै जानुपर्ने उनको तर्क थियो ।

अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्ने देखिएको उनले बताए। केसीले यस्तो अस्पष्टता र कमजोरीलाई अब सच्चाउनुपर्ने बताए। उनले निर्वाचन पद्धतिबारे पनि सोच्नुपर्ने र समानुपातिक सिटमा पनि निर्वाचन हुनुपर्ने बताएका छन् ।

नेता केसीले प्रदेश र स्थानीय सरकार सङ्घीय सरकारसँगको समन्वयका आधारमा चल्ने विधि भए पनि त्यसमा कमजोरी देखिएको र त्यसैका कारण पनि सङ्घीयता प्रति जनताका गुनासा आएको बताएका छन् । नेता केसीले सरकार टिकाउने नाममा उपप्रधानमन्त्रीको हुल बनाउने परिपाटी गलत भएको टिप्पणी गरे।

दण्डहीनता र अराजकताले देशलाई थप समस्यामा पारेको उल्लेख गर्दै सरकारलाई ऋणमा चलाउन मुलुककै लागि दुर्भाग्य भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस