सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, बिचबाटोबाटै फर्कियो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, बिचबाटोबाटै फर्कियो


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्काइएको छ । इन्डिकेटरमा समस्या आएपछि विमान काठमाडौँ नै फर्काएर अवतरण गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।

जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

विमानमा ६२ जना यात्रु सवार थिए । उनीहरूलाई अर्को जहाजबाट गन्तव्य मा पुर्‍याउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस