प्रधानमन्त्रीले गरे ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीले गरे ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग छलफल


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला लगानी र विकासकर्ताका प्रतिनिधि तथा लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण, आउँदो कार्यदिशा र समस्याको विषयमा छलफल गरेका छन् । 

शुक्रवार लगानी बोर्डको कार्यालयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आउँदो कार्यदिशा र समस्याको विषयमा प्रधानमन्त्रीले छलफल गरेका बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । उनले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र झन्डै तीन खर्ब रुपैयाँ बराबरका आयोजनाका विकासकर्ताका प्रतिनिधि र अध्ययन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिहरूसँग छलफल गरेको बताए ।

बोर्डका कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले स्वीकृतका लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत् आयोजना नतिजामुखी कार्यान्वयन ढाँचामा आबद्ध भइसकेको बताए । उनले ९ सय मेगावाटको अरुण, तीन हजार ६ सय ७० मेगावाटको तल्लो अरुण, ३ सय ७० मेगावाटको अर्धजलाशययुक्त अपर मर्स्याङ्दी र अन्य औद्योगिक पूर्वाधार आयोजनाहरू पाइपलाइनमा रहेको बताए । यी आयोजनाहरूलाई बोर्डले प्राथमिकता दिएर नतिजाउन्मुख काम गर्ने उनको भनाइ छ । 

भट्टले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताए । उनले लगानी बोर्ड आउँदो लगानी सम्मेलनको पूर्व तयारीमा जुटेकोसमेत बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस