नेपाल कृषि अनुसन्धान परिषद्ले माग्यो ठुलो संख्यामा कर्मचारी  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपाल कृषि अनुसन्धान परिषद्ले माग्यो ठुलो संख्यामा कर्मचारी 


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले एक साथ ठुलो संख्यामा कर्मचारी माग गरेको छ । परिषद्ले शुक्रबार सूचना निकाल्दै विभिन्न पदमा खुला तथा समावेशी पदमा आवेदन माग गरेको हो ।

परिषद्ले वैज्ञानिक सेवा समूह अन्तर्गत वरिष्ठ वैज्ञानिक पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । साथै प्राविधिक अधिकृत पदमा समेत कर्मचारी माग भएको छ । साथै प्रशासन र लेखा समूहमा समेत कर्मचारीको माग भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका देशका विभिन्न स्थानमा रहेका निर्देशनालयबाट आवेदन दिने सकिने भएको छ । आवेदन दिन सकिने मिति २ वैशाख २०८० सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर भने ९ वैशाखसम्म आवेदन दिन सकिने भएको छ ।

वैज्ञानिक समूहमा वरिष्ठ वैज्ञानिकलाई अधिकतम उमेर ४५ वर्ष तोकिएको छ । यससम्बन्धी सूचना शुक्रबारको गोरखापत्रमा प्रकाशित भएको छ । परिषद्ले आजै आन्तरिक मूल्याङ्कन बढुवा र आन्तरिक प्रतियोगितात्मक परीक्षाको आवेदन समेत खुलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस