तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइने  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइने 


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ। बागमती प्रदेशभित्र तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन भाषा सम्बन्धी कानून निर्माण गरिने भएको छ ।

शुक्रबार काठमाण्डौँमा बसेको तामाङ/नेवारी (नेपाल भाषा) कार्यान्वयन तयारी सम्बन्धी समितिको बैठकले प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी भाषा कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् ।

स्थानीय तहहरूले समेत आफ्नो ठाउँमा बोलिने भाषालाई सरकारी कामकाजको भाषा बनाउन मिल्ने गरी कानून बन्ने मोक्तानको भनाइ छ । आउँदो वैशाख महिनाभित्र भाषा सम्बन्धी विधेयक संसदमा पेस गरिने उनले जानकारी दिइन्।

प्रदेश सरकारले एक महिनाअघि बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई कामकाजको भाषा बनाउन सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा समितिको निर्माण गरेको थियो । समितिमा मा श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठसँगै दुई जना विज्ञ डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस