त्रिवि क्याम्पसको स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग गरिने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

त्रिवि क्याम्पसको स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग गरिने


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।

त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठका अनुसार आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने छ।

निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेदवार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरू निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस