विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुसी व्यक्त गरेका छन् ।

बिहीबार आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।

खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुसी व्यक्त गर्दै खेलाडीहरूलाई बधाई दिए । ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई १’ प्रचण्डले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस