सरकारले बीआरआई परियोजना कार्यान्वयनमा ल्याउछ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सरकारले बीआरआई परियोजना कार्यान्वयनमा ल्याउछ : मन्त्री श्रेष्ठ


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एण्ड रोड (बीआरआईं) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ रहेको बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्ष: नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । उनले सो परियोजनाको सफल र शीघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना अन्तरगत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको पनि स्पष्ट पारे । यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भइरहेको स्मरण गराउँदै उनले नेपालले त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन चाहेको समेत बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस