२६ किलो गाँजासहित ४ जना प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२६ किलो गाँजासहित ४ जना प्रहरी नियन्त्रणमा


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रहरीले लागु औषध गाँजासहित ४ जनालाई पर्साबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-३२ बस्ने रामतुल्लहा मिया, चितवन राप्ती नगरपालिका-१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो ।

उनीहरूलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस