उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

शुक्रबार बिहान ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ ।

उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस