आयोगद्वारा उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आयोगद्वारा उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागी मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनमा सङ्घ र प्रदेश सभा सदस्यहरूका लागी दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ ।

सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार रहेका छन् ।

सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्नेछ । उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस