निर्वाचन अधिकृतको कार्यालयद्वारा कांग्रेससंँग लिखित जवाफ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

निर्वाचन अधिकृतको कार्यालयद्वारा कांग्रेससंँग लिखित जवाफ


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले नेपाली काँग्रेससँग लिखित जवाफ मागेको छ ।  

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा काँग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो ।

सम्बन्धित समाचार-उपराष्ट्रपति निर्वाचन : यादवलाई मत दिने काँग्रेसको निर्णय

कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार : यादवलाई समर्थन गर्ने काँग्रेसको निर्णयविरुद्ध एमालेले दियो आयोगमा उजुरी

Tags :
प्रतिक्रिया दिनुहोस